• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्रीमा गगन थापाको अनुहार देखाए दुई तिहाइ निश्चित (भिडिओसहित)

काठमाडाैं । यतिखेर कांग्रेस महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्ने चर्चा चुलिएको छ । स्वयं गगन थापाले पनि अब ड्राइभिङ सिटमा बस्ने हो भनेर प्रधानमन्त्री बन्ने प्रष्ट संकेत गरिसकेका छन् ।

थापा निकट कांग्रेस युवा नेता सचिन तिमिल्सिना पनि प्रधानमन्त्री बन्ने गगनको यात्रा अब नरोकिने बताउँछन् ।

काठमाडौं ४ मा गगनको जित सुनिश्चित भएको जनाउँदै उनले चुनावपछि पार्टीको संसदीय दलको निर्वाचनमा गगनले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

तिमिल्सिनाका अनुसार हाल उम्मेदवार रहेका देउवा निकट नेताहरु चुनावपछि गगनको पक्षमा खुल्नेछन् । दलको निर्वाचनमा थापाले सुविधाजनक बहुमत प्राप्त गर्ने उनले बताए ।

तिमिल्सिना भन्छन्, ‘सबैभन्दा राम्रो त थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु पर्थ्र्यो । यसो गर्दा कांग्रेसले ए्क्लैले दुई तिहाइ सिट ल्याउँथ्यो । अहिले गठवन्धनले पनि सामुहिक निर्णय गरेर गगनलाई प्रधानमन्त्रीको उम्मेदवारकारुपमा प्रस्तुत गर्ने हो भने गठवन्धनले ‘क्लिनस्विप’ गर्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निरंकुश भएकाले यो पार्टी विस्तारै विसर्जनतर्फ जाने तिमिल्सिनाको दाबी छ । गठवन्धनमा आबद्ध वामपन्थी दलहरुसंग कुनै न कुनै समय वारपारको स्थिति आउने भएकाले कांग्रेसले आफनै खुट्टा बलिया बनाएर हिँड्नुको विकल्प नभएको उनी बताउँछन् ।

विस्तृत भिडिओमा :