बाबुको हत्या अभियोगमा छाेरा पक्राउ

काठमाडौं । बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बारा जिल्ला बिश्रामपुर गाउँपालिका-५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७