
काठमाडाैं । काठमाडाैं क्षेत्र नं ५ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पाैडेल मतदाताकाे साथमा विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।
उनी बिहानैदेखि ५ नं क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदातासँग आशिर्वाद लिइरहेका छन् । काठमाडाैं ५ बाट नेकपा एमालेका ईश्वर पाेखरेलसँग उनी चुनावी प्रतिस्पर्धामा छन् ।