• २०८३ असार ८
  • 2026 June 22, Monday

बाजुरामा राेकियाे मतगणना

बाजुरा । बाजुराको मतगणना फेरि रोकिएको छ ।

निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए ।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहँदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो ।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् ।

पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।