
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयले अध्यादेशको कडा विरोध गरिरहेकोमा युवा नेता प्रदीप पौडेल पनि सामेल भएका छन् ।
पौडेलले अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनि प्रश्न गरेका छन् ।
पौडेलले लेखेका छन्, ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौँ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिने अध्यादेश ल्याउन लागेपछि कांग्रेसभित्रै विरोध भएको छ ।
नयाँ सरकार गठनका लागि गणित मिलाउन प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन खोजेको अनुमान गरिएको छ ।