• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

भ्रष्टाचार मुद्दा खेपिरहेका सांसद टेकबहादुर गुरुङ निलम्बित

काठमाडाैं । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन् । उनी नेपाली कांग्रेसबाट ४ मंसिरमा चुनाव जितेर सांसद बनेका थिए ।

संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्धको मुद्दा बाँकी रहेकोले सांसद पदबाट निलम्बित गरिएको संसद सचिवालयले जनाएको छ।

उनी विरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनी विरुद्धको मुद्दा विचाराधीन भएकोले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको संघीय संसद सचिवालयले जनाएको छ ।