
काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार १४औं स्थापना दिवस मनाएको छ ।
लैनचौरस्थित टीटी हलमा आयोजित विशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले केक काटेर स्थापना दिवसको उद्घाटन गरे । उनले नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यसँग केहीबेर टेबल टेनिस पनि खेलेका छन् ।
कार्यक्रममा मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
सो अवसरमा जुम्बा नाच, मार्शल आर्टसम्बन्धी कलाकौशल प्रदर्शन गरिएको थियो ।