• २०८३ असार ९
  • 2026 June 23, Tuesday

माया र प्रेमले लिए सांसदको शपथ

काठमाडौं । प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए ।