• २०८३ असार ९
  • 2026 June 23, Tuesday

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा लेखक

काठमाडौं । रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

लेखक कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।