• २०८३ असार ९
  • 2026 June 23, Tuesday

खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्दादेश गरिब भयो : वामदेव गौतम

काठमाडौं । वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बताएका छन् ।

मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताएका हुन् । नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सांसद गौतमले खाद्यान्न, फलफूल, औषधिलगायतको उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सके देशभित्र नै रोजगारी सिर्जना हुने बताएका छन् ।

उहाँले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग, कारखाना निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए ।