• २०८३ असार ९
  • 2026 June 23, Tuesday

भारतीय राजदूत र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

बुधबार बिहान सिंहदरवारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा भारतीय राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतबीचको वर्षौंदेखिको मैत्रीपूर्ण सम्बन्ध र नागरिकस्तरको सम्बन्धबारे चर्चा गरेका थिए । त्यस्तै विकास निर्माण र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।