• २०८३ असार ९
  • 2026 June 23, Tuesday

सरकारको न्यूनतम साझा कार्यक्रम जनमत अनुरुप ल्याउँछौ : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम जनमत अनूरुप ल्याउने बताएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको र अब छिट्टै सार्वजनिक गरिने बताए ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’

न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए ।

गृहमन्त्री लामिछानले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’

आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वाथ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको उनले बताए ।