• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तराईमा शीतलहर, पहाडमा आंशिक बदली

काठमाडाैं । हाल तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो।