• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रचण्ड-ओली भेट, पाेखरा दुर्घटना र सरकारकाे पूर्णताबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिए पनि सरकारलाई पूर्णता दिन नसक्दा सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका हुन्।

सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

त्यस्तै, दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ।

आजैको मन्त्रिपरिषदको आकष्मिक बैठकले दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

चाँडै सरकारलाई पूर्णता दिने भनिए पनि पोखराको दुर्घटनाले गृहकार्य नटुंगिएकाले मन्त्रिपरिषद विस्तारमा केही समय लाग्ने देखिएको छ।