
जुम्ला । जुम्लामा हिमपात भएको छ । आज बिहानदेखि जिल्लामा हिमपात भएको हो ।
यो वर्ष हिमपात ढिलो गरि भएको छ । हिउँपरेपछि किसानहरु खुुसी भएका छन् ।
हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।
हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।