• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस्

काठमाडौं । भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् ।

रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परीक्षा दिन परीक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र एक्लो केटा मान्छे रहेको थाह पाएपछि बेहोस् भएका हुन् ।

मनिष शंकर अल्लाम इकबाल कलेजका विद्यार्थी हुन् भने उनको केन्द्र बिहार शरीफको ब्रिलियन्ट कन्भेन्ट स्कूलमा परेको थियो ।

परीक्षा केन्द्रमा पुग्दा सबै केटीहरूलाई देखेर उनको अवस्था बिग्रिएको र उनी बेहोस भएको बताइएको छ ।

‘परीक्षा केन्द्रमा आफूलाई एक्लै पाएपछि उनी आत्तिए । यस केन्द्रका सबै केटीहरूमध्ये उ एक मात्र केटा रहेछ र यो देखेर उसलाई चक्कर लाग्यो । मनिषकी काकीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

यस घटनासँग सम्बन्धित एक भिडिओ हाल भारतीय सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।