
काठमाडाैं । मकवानपुरकाे हेटाैँडामा रहेकाे तासिर इङ्लिस सेकेण्डरी बाेर्डिङ स्कुलले बालबालिकालाई ट्राफिक लाइटबारे जानकारी दिन विद्यालय हाताभित्र ट्राफिक लाइट बनाएकाे छ ।
ट्राफिक शिक्षाले नै सडक दुर्घटना न्यूनीकरण हुन सक्छ भन्ने विश्वासका साथ ट्राफिक लाइट निर्माण गरिएकाे बिद्यालयका प्रिन्सिपल बिनोद शर्मा थपलियाले जानकारी दिए ।
हेटाैँडाकाे तासिर स्कुलमा विभिन्न समयमा बालबालिकालाई प्रविधिकाे प्रयाेगबारे प्रशिक्षण, देशका अन्य विद्यालय, विद्यार्थी, शिक्षकलगायतसँग अन्तर्क्रिया, अन्य सिर्जनात्मक अभ्यासजलगायतका कार्यक्रमसहित पठनपाठन गराइने गरिएकाे छ ।