• २०८३ असार १०
  • 2026 June 24, Wednesday

पूर्वराजाको सन्देश– दल र राजसंस्थाले सहकार्य गर्न अब ढिलो गर्नु हुन्न

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाले सहकार्य गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार साँझ शुभकामना सन्देश दिएर उनले दल र राजसंस्थाबीच सहकार्य गर्न अब विलम्ब गर्न नहुने बताएका छन् ।

उनले अहिलेका नेताहरूबाट देश विकास हुन नसकेको भन्दै कडा आलोचनासमेत गरेका छन् । उनले दोहोरिए वा बदलिएर जो सत्तामा आए पनि उनीहरूले खासै देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

उनले गणतन्त्र स्थापनापछि परराष्ट्र नीतिसमेत कमजोर बनेको बताएका छन् । नेताहरूले दलगत र आफ्नो स्वार्थका लागि कमजोर परराष्ट्र नीति अंगालेको उनको टिप्पणी छ ।

जनताको नासो जनतालाई सुम्पिएर समावेशी शासनको अपेक्षा गरे पनि अहिलेका दलहरूबाट त्यस्तो हुन नसकेको उल्लेख गर्दै ज्ञानेन्द्र शाहले हालैको आम निर्वाचनबाट केही राम्रा व्यक्तिहरू निर्वाचित भएर आश जगाएको समेत बताएका छन् ।