
लोक शब्दलाई शिरमा राखेर काम गर्ने हो भने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको केन्द्रिय समिति समावेशी बन्नु पर्ने जरुर देखिन्छ । कुनैपनि जिल्लाको प्रतिनिधि नेतृत्वमा आउन चाहान्छ भने उक्त जिल्लाबाट अरु कुनैपनि मूख्य पदाधिकारी पदमा अरूनै जिल्ला को हुनुपर्दछ । देशैभरिको लोक संस्कृतिलाई जगेर्ना गर्ने आट लिएर आएको प्रत्यासीले आफ्नो जिल्लाका कलाकारहरुलाई पदभन्दा बाहिर रहेर भएपनि आफुलाई सहयोग गर्न सक्ने गरि मनाउनु पर्दछ ।
मौलिक लोक गित संगितको उद्गम स्थल भएको कारण स्वभाविक रुपमा राष्ट्रिय स्तरसम्म यस गण्डक क्षेत्रका कलाकारहरु धेरै भएको कारण गण्डक क्षेत्रका कलाकारहरुनै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिमा हाबी देखिनु स्वभाविक हो पनि । आगामी दिनमा देशैभरिका सबै जिल्लाबाट पदाधिकारी तहमै प्रतिनिधित्व गराउने कसरत नगरिकन समग्र मौलिक लोक संस्कृतिको संरक्षण संबर्दन गर्न सकिदैन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आशन्न आठौ महाधिवेशनमा यसको गम्भिर समिक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।
स्मरण रहोस स्याङ्जा कै श्रस्ठा चर्चित गितकार रमेश बिजिले नेतृत्व गरेको वर्तमान कार्य समितिको महत्वपुर्ण पदाधिकारी पदहरुमा स्याङ्जा जिल्लाकै मात्र करिब ५०% प्रतिशत पदाधिकारी रहेको र बिजिको यो कार्यकाल मा तारिफ योग्य कुनै पनि काम नबनेको कारण खासै सम्झन लायक नरहेको जिकिर गर्नेहरु पनि आजभोली बाक्लै भेटिन थालेका छन । उनिहरु को आरोप अनुसार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका अहिले सम्मका सात वटै कार्यसमितिमा सबैभन्दा असफल कार्यकाल वर्तमान नेतृत्व रहेको आरोप समेत उनीहरुको रहेको छ ।
संस्थालाई सिमित व्यक्तिहरुको झुण्डले संचालन गरिरहेको, कलाकार एवम् संस्था संग जोडिएका धेरै जिल्ला एवम् प्रदेश कमिटिसहित कैयौं लोकगित संगितसंग व्यक्तिहरुको शेयर जम्मा गरेर सहकारी खोलेर मोटो रकम हिनामिना गरेको र पछिल्लो समय सहकारी नै अस्तव्यस्त पारेको, संस्थाका बैठक सेमिनार र प्रशिक्षण महंगा आलिशान होटल रेस्टोरेन्टमा गराएर संस्थालाई आर्थिक मारमा पारेर जिल्ला एव्म क्षेत्रिय अधिवेशनमा आफु निकटमा मान्छेहरु भर्ति गर्न पदको दुरुपयोग गरेको आफू इतर र फरक मत राख्ने पक्षलाई सदैव निषेधको निति अवलम्वन गरेकै कारण संगै काम गरेका धेरै साथीहरु बाध्य बनेर बर्तमान कार्यकालमा लोक गित संगितकै उस्तै प्रवृतिको नयाँ संस्था जन्माएर संस्थामा फुटको बिजारोपण गरेको आदि रहेका छन । खैर असन्तुष्ट पक्षको यो आरोप साचो ठहरिएला अथवा मिथ्या सावित होला पक्कै पनि भोलिको परिस्थिति र समयले पक्कै मूल्याकंन गर्नेछ।
प्रतिष्ठानको नेतृत्व स्याङ्जा र पाल्पा जिल्लाको मनोविज्ञानबाट माथि उठ्न नसकेको स्विकारोक्ति संस्था भित्रैका जिम्मेवार पदाधिकारीहरुको पनि रहेको छ । संकीर्ण सोचले लोकदोहोरी क्षेत्रको विकास असम्भव कुरा हो । संस्थामा लोकदोहोरी मात्र नभएर सबै पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका लोक संस्कृति क्षेत्रका व्यक्तित्वलाई समेट्नु पर्ने देखिन्छ । सीमित घेराभित्र नेतृत्वको मन पनि साँघुरो हुनाले प्रतिस्ठान माथी चौतर्फी प्रश्न चिन्ह खडा हुनु पनि सोचनिय विषय बनेको छ।
हुन पनि झट्ट हेर्दा स्याङ्जाकै वर्तमान राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको अध्यक्ष हुँदा दोस्रो वरियताको पद बरिष्ठ उपाध्यक्षमा रिता थापा मगरको नेतृत्वमा दाबी संगै यहि क्रमले निरन्तरता पाईरहने हो भने पशुपति, रामजी, शीव र खुमन सम्म आईपुग्दा अझै १५/२० बर्ष नेतृत्व स्याङ्जामै रहिरहने कुरा को आँकलन गरिनुलाई पनि अर्नथ मान्न सकिदैन । त्यसैले यो समस्यालाई निराकरण गर्न बिधान मैं निर्क्यौल गरेरै भएपनि माथिल्लो वरियताका दुई पदमा एउटै जिल्लाबाट रहन नपाईने गरि परिमार्जित गर्नुपर्ने देखिन्छ।
अझ संस्थामा आफ्ना मान्छेलाई काखि च्याप्न खडा गरिएका अशोभनिय पदहरु निकै भद्दा देखिएका छन । कार्यसमिति निकै जम्बो बनेका कारण महत्वपूर्ण भूमिका निभाउने पदाधिकारीका पदहरुको महत्व पनि अर्थहिन र ओझ बिहिन बनेको अनुभूति हुन्छ । पुर्वबाट पुर्वेलि, किँराति, भोजपुरी, मैथिलि, मध्य नेपालको काठे थारु हुँदै गण्डक क्षेत्रका ठाडो सालैजो झ्याउरे यानिमाया रोईला सोरठी मध्यपश्चिम र सुदुरपश्चिमका देउडासम्म का लोकपन र संस्कृतिलाई नअटाई कन राष्ट्रिय लोक संस्कृतिलाई न्याय दिएर काम गर्न सकिदैन भन्ने कुरा मा दुई मत छैन ।
त्यसैले आगामी कार्यसमितिमा रहेका काम गर्न चाहाने प्रत्यासिहरुले माथि सवाल गरिएका विभिन्न समस्याहरुमा आफ्नो स्पष्ट भिजन बनाएर मैदानमा आउनु हुन विनम्र अनुरोध गर्दछु । साथै सम्पूर्ण प्रतिनिधिहरुले पनि विवेक पूर्याएर हाम्रो भन्दा पनि राम्रो प्रत्यासिलाई लाई अनुमोदन गराउन आफ्नो अमूल्य मतको सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित यसै साता धादिङबेशी मा सम्पन्न हुन गइरहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल को आठौं राष्ट्रिय महाअधिवेशनको भव्य सफलताको शुभ–कामना व्यक्त गर्दछु । इतिश्री
जय लोकगित
जय संस्कृति
जय जननि
– लेखक अर्जुन सुवेदी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जापान शाखाका सह-सचिव हुनुहुन्छ ।