• २०८३ असार १०
  • 2026 June 24, Wednesday

लोसपा नेताहरुको दौडधुप, हिजो बालुवाटर आज धुम्बाराही

काठमाडौं । राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुबीच छलफल भइरहेको छ ।
काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ ।

यसैबिच, लोसपाका नेताहरू प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई भेट्न हिजो बालुवाटार गएका छन्।
यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका छ।

प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।