
काठमाडौं । एसईई परीक्षाका बारेमा रहेको डर र अन्यौल हटाएर विद्यार्थीमा आत्मबल बढाउन भन्दै बाँकेको खजुरा, राप्तीसोनारी र बैजनाथका ४० वटा सामुदायिक विद्यालयले नमुना एसईई परीक्षा सञ्चालन गरेका थिए । २ हजार ६ सय २७ जना विद्यार्थी सहभागी भएका उक्त परीक्षामा विद्यार्थीमा एसईई लाइ लिएर कुनै पनि डर र अन्यौल नहोस् भन्ने उद्देश्यले लिइएको थियो।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत १७ देखि सुरु गर्ने गरी तालिका सार्वजनिक गरेको छ । त्यसकै तयारीमा रहेका विद्यार्थीका लागि नमुना एसईई सञ्चालन गरिएको हो ।
एसईई नमुना परीक्षाले परीक्षाप्रति रहेको डर अन्यौल हटेको र आफूमा रहेका कमी कमजोरी सुधार्ने अवसर पाएको परीक्षामा सहभागी विद्यार्थीले बताएका छन् ।