• २०८३ असार १०
  • 2026 June 24, Wednesday

राष्ट्रपतिबारे पार्टीलाई कसैले प्रस्ताव गरेको छैन: एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको दाबी गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सम्मानित नेता झलनाथ खनाल र प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको दाबी गरेका हुन्।

उनले राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गर्ने बताएका थिए। एमालेसँग अहिले पार्टी एकता नहुने उनले संकेत गरेका छन्।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले २ वटा निर्णय गरेको बताए। पहिलो, अग्रगमन शक्तिहरूसँग छलफल गर्ने। दोस्रो, राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने।

उनले पनि राष्ट्रपतिमा कसैले पनि अहिलेसम्म पार्टीलाई प्रस्ताव नगरेको दाबी गरेका थिए।

राष्ट्रपति राजनीतिक दलभित्रैबाट हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि भेटवार्ता भएको र उक्त भेटमा अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरेको खबर आएका थिए।