
रौतहट । रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राविधिक शिक्षालयले सप्ताहव्यापी विविध कार्यक्रम गरेकाे छ ।
सिटीईभिटीकाे स्थापना भएकाे ३५ औँ वर्षकाे अवसरमा शिक्षालयमा सरसफाइ, वृक्षाराेपण, दौड प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता तथा सप्ताह क्रिकेट कार्यक्रम आयाेजना गरिएकाे हाे ।
सप्ताह क्रिकेट प्रतियोगितामा प्रथम स्थान इन्फर्मेशन टेक्नोलोजीले प्राप्त गर्न सफल भयाे भने दोश्रो स्थान कृषि वाली विज्ञानले प्राप्त गर्न सफल भयाे ।
गएकाे फाल्गुन ५ गतेदेखि क्रिकेट प्रतियोगिता, कबड्डी प्रतियोगिता, दौड प्रतियोगिता, सामान्य ज्ञान प्रतियोगिता र अन्य खेलकुद भएको थियो ।
दौड प्रतियोगिता २ सय मिटरको रहेको थियो। यसमा सिभिल विभागको चौथो प्रणालीमा अध्ययनरत छात्र लुकमान शेख प्रथम भए । त्यसैगरी आइटी विभागको पहिलो प्रणालीमा अध्यनरत छात्र शेख इमरानले दोश्रो स्थान प्राप्त गरे । सोही विभागमा अध्यनरत दिपक सहनीले तेश्रो स्थान प्राप्त गरे ।
केटीहरुको ग्रुपमा इन्फर्मेशन टेक्नोलोजी विभागको पहिलो बर्षकी पहिलो प्रणालीमा अध्ययनरत छात्रा पूजा कुमारी पण्डितले पहिलो स्थान प्राप्त गरेकी छिन् । त्यसैगरी दोश्रो स्थान रुबी पण्डितले प्राप्त गरेकी छन् ।
यसैगरी, कृषि वाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत आशा ठाकुरले तेस्रो स्थान प्राप्त गरेकी छन् ।
कबड्डी तर्फ सिभिल विभागको तेश्रो वर्षको दोश्रो खण्डमा अध्यनरत प्रथम भए भने आइटी दोश्रो बर्ष दोश्रो खण्डमा अध्यनरत दोश्रो भए ।
हाजिरी जवाफ प्रतियोगितातर्फ सिभिल प्रथम वर्ष प्रथम प्रणालीमा अध्यनरत छात्रले प्रथम स्थान प्राप्त गरे । त्यसैगरी, तेस्राे वर्ष दोश्रो प्रणालीमा अध्यनरत छात्रछात्राले दोस्राे स्थान प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि ई. धनोज कुमार यादव, विशिष्ट अतिथि प्रशासन कार्यालयका प्रशासन सहायक कविता साह र सन्तोष यादव रहेका थिए ।
अतिथिमा ई. नन्द किशोर राय, सूचना प्रविधि विभागीय प्रमुख सर्वेश कुमार पाठक, विशाल मल्लिक, रामानन्द यादव, भोला राय यादव, रीता कुमारी साह, रुपेश यादव थिए । कार्यक्रम गाेविन्द कुमार महतोले सञ्चालन गरेका थिए ।