
चितवन । राप्ती-७ चितवनमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय सिरकोटमा सरसफाइ तथा फाेहाेर व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएकाे छ । इभरग्रीन इकाे क्लबले आइतबार उक्त कार्यक्रम आयाेजना गरेकाे हाे ।
उक्त कार्यक्रम क्लबका अध्यक्ष विमल सुवेदीकाे सभापतित्वमा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित थापा र विशिष्ट अतिथिमा प्रधानाध्यापक दुर्गा प्रसाद कँडेल थिए ।
कार्यक्रमकाे सुरुवात क्लबका सचिव गोबिन्द पाठकले ‘क्लबको परिचय र स्वागत मन्तब्य’बाट गरेका थिए । कार्यक्रममा क्लबकी उपाध्यक्ष डिनिषा घिमिरे र सदस्य मन्जु थापाले ‘महिनावारी सरसफाइ’, क्लबका अध्यक्ष बिमल सुवेदीले ‘सफा पिउने पानीकाे महत्व’ र क्लबका सदस्य समर्पण ढकालले ‘जंक फूड’ शिर्षकमा प्रिजेन्टेशन दिएका थिए ।