• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

केपी ओलीलाई गगन थापाकाे जवाफ : ८४ अघि सत्ता सहकार्य हुँदैन

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए।

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन’, उनले भनेका थिए ।

थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसदको यो कार्यकालमा सहकार्य नहुने बताएका हुन् ।