मलमा दिने अनुदान कटौतीप्रति नेता भीम रावलको आपत्ति

काठमाडाैं । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपाल सरकारले मलमा दिने अनुदान कटौती गरेको भन्दै तिव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा ट्वीट गरी नेता रावलले सो असन्तुष्टि जनाएका हुन् ।

सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने, नेपाली किसानको तरकारी, माछा र केरामा बजार नपाउने नीति गलत रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘चिया, अलैची र अदुवामा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१