नेपाली क्रिकेट टाेलीलाई प्रधानमन्त्री प्रचण्डकाे बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् ।

बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।

खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिए ।

‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ प्रचण्डले लेखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१