
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएको र समर्थन फिर्ता लिएको बताएका छन् ।
सोमबार संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्ताव पछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो ।’
दाहालले अगाडी भने, ‘सरकार गठनको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णय गर्ने दल र माननीयहरुले नै गर्नुहोला । यो कति राजनीतिक भयो त्यसको जवाफ पनि उहाँहरुले दिनुहोला । जनताको पनि आफ्नो मूल्यांकन गर्नुहोला । तर साथीहरुले अहिलेसम्म पनि प्रधानमन्त्रीको यो गलत कामको कारणले गर्दा विश्वासको मत फिर्ता लिनुपर्यो भनेर भन्नुभएको छैन । ‘
प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दलहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी पनि गरे ।
हेर्नुहाेस् भिडिओ :