युएईको प्रशिक्षकबाट रोविन सिंह बर्खास्त

काठमाडाैं । युएईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट रोविन सिंहलाई बर्खास्त गरेकाे छ ।

अब मुदास्सर नाजरले युएईको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युएईको मिडिया द नेसनलले उल्लेख गरेको छ ।

भारतका पूर्व अलराउन्डर सिंह फेब्रुअरी २०२० मा युएईको प्रशिक्षक नियुक्त भएका थिए । तर पछिल्लो समय युएईले खराब प्रदर्शन गरेपछि उनको पद धरापमा परेको थियो ।

युएईले यसै साताको अन्त्यमा नामिबियामा हुने क्रिकेट विश्वकप छनोटको प्लेअफ खेल्दैछ ।

पछिल्लो समय खराब नतिजाको कारण युएईले जुनमा जिम्बाब्वेमा हुने ग्लोबल विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल भएको थियो भने एकदिवसीय मान्यता पनि खतरामा परेको थियो ।

अब क्रिकेट विश्वकप छनोटको प्लेअफमा शीर्ष दुईमा परे युएई विश्वकप छनोटमा पुग्नेछ भने क्यानडा र जर्सीभन्दा अघि रहे मात्र एकदिवसीय मान्यता जोगिनेछ ।

पाकिस्तानका पूर्व अलराउन्डर मुदास्सरले अन्तरिम जिम्मेवारी लिएका छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७