शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने बताए ।

महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आग्रहसमेत गरे ।

शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाइ थियो ।

महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१