
काठमाडाैं । दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि ग्यास लिएर गइरहेकाे गरेको भे.१ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्ष्मीराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे हाे ।
प्रहरीका अनुसार सहचालक प्रकाश कुमाईं घाइते भएका छन् । ट्रक सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको छ ।