
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार गरेको छ । लिग–२ को पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेको नेपाल वरियतामा १५औं स्थानमा उक्लिएको हो।
यसअघि नेपाल १६ औं स्थानमा थियो। योसँगै नेपालले वरियतामा ओमान, नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपाल अघिल्लो साता १६औं स्थानमा उक्लिएको थियो।
स्कटल्यान्ड र नामिबियासँगको एक सिरिज तथा पपुवा न्युगिनी र युएईसँगको दुई सिरिजका कुल १२ मध्ये नेपाल १ खेलमा मात्र पराजित भएको थियो।
हेर्नुहोस् आइसिसीको वरियताक्रम