• २०८३ असार १०
  • 2026 June 24, Wednesday

न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका नेताहरू सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्यमा जुटेका छन्।

मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसलगायत १० दल सहभागी भई मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ।

बुधबार पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो। मन्त्रालय भागबन्डालगायतमा दलहरू सहमतिमा पुग्न नसक्दा मन्त्रिपरिषद बिस्तार हुन सकिरहेको छैन।