११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार, प्रिन्सिपल पक्राउ

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् ।

सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । यो बुधबारको घटना हो ।

इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै केही विवरढ दिन चाहेनन् ।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।

प्रहरीले छात्रालाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ । तर, आरोपी शिक्षक भने पक्राउ परेका छैनन् । सबैला प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७