प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन, नेपाल र ओमान एकै समूहमा

काठमाडाैं । अर्को महिना नेपालमा हुने प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन भएकाे छ ।

एसियन क्रिकेट काउन्सिल (एसिसी ) ले प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन गरेको हाे। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।

यसअघि नेपाल, युएई र कुवेत एकै समूहमा थिए । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ । यसअघि प्रतियोगिता अप्रिल २४ देखि मे ८ सम्म टियु र मूलपानीमा हुने भनिएको थियो । खेल तालिका र समूह दुवै परिवर्तन भएकाे हाे ।

नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ ।

नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मूलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ ।

सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ । फाइनल वैशाख १८ गते (मे१) मा टियुमा हुनेछ । तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७