• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रचण्ड-देउवाले मलाई अर्थमन्त्री बन्न प्रस्ताव गरेको भन्ने सत्य हैन : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई कुनै मन्त्रीभन्दा पनि नेपाली कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने विषय प्राथमिकतामा रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न भन्नुभएको कुरामा सत्यता नरहेको बताउँदै उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने रहेको बताए ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले भने, ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु,लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडि बढेको छु ।’

८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी रहेको नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने उनले बताए ।