• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

बालेनलाई हर्कको सिलाम साक्मा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

विशेष गरेर खानेपानी आयोजनाका लागि बजेट माग्न संघीय राजधानी काठमाडौं आइपुगेका मेयर साम्पाङलाई बालेनले आफ्नो कार्यकक्षमै भेट्न बोलाएका थिए ।

भेटका क्रममा किराँत संस्कृति अनुसार शुभको पहिचानको रुपमा रहेको सिलाम साक्मा मेयर हर्क साम्पाङले बालेनलाई लगाइदिएका छन् ।

हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैं, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

मेयर बालेनको सचिवालयका अनुसार दुई नगरहरु बीच भइरहेको पछिल्लो कामको गतिविधि, फोहोर एवम् फुटपाथ व्यवस्थापन लगायत विषयमा छलफल भएको छ ।

मेयर साम्पाङको टोलीले काठमाडौंमा प्रधानमन्त्री, संघीय मन्त्री लगायतसँग भेट गरेर धरानको विकास लगायतका विविध पक्षका बारेमा ध्यानाकर्षण गराइरहेको छ ।