३० दिनमा सकियो शोभित बस्नेतको फिल्म ‘जय हो’

काठमाडौं । सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘जय हो’को छायाङ्कन सकिएको छ । शनिवार मुक्तिनाथमा फिल्मको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । ३० दिनमा फिल्मको छायाङ्कन सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए ।

कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन् । अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय फिल्ममा छ ।

सम्राट बस्नेतको द्धन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी रहेको फिल्ममा सुरेश न्यौपानेको कथा छ । सौरभ लामाको छायाङ्कन, शम्भु जित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको फिल्मले कमेडी, एक्सन र लभ स्टोरी कथामा निर्माण भएको हो ।

फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । फिल्मको रिलिज मिति अगामी भाद्र ८ तोकिएको छ ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७