काठमाडौं । एसीसी प्रियिमर कप क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपालको खेलमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ खेल हेर्न पुगेका छन् ।
खेलको दोस्रो इनिङ्ग चल्दा घिसिङ किर्तिपुर खेलमैदानमा पुगेका छन् । उनलाई क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपाली खेलाडीको हौसला बढाउन उनी क्रिकेट हेर्न पुगेका हुन् ।
अहिले कतार ब्याटिङ गरिरहेको छ । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले १७.३ ओभरको खेल सकिँदा ६ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।
