• २०८३ असार २७
  • 2026 July 11, Saturday

गैरभुटानीलाई अमेरिका पठाइदिने कुरामा मेरो संलग्नता पनि छैन् : नेता रायमाझी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरेसँगै रायमाझीले विरोध जनाएका छन् ।

गुहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागि रायमाझीले आफुले गैरभुटानीलाई अमेरिका लैजान आफुको संग्लनता नरहेको बताएका छन् । उनले भने् ‘ गैरभुटानीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाइदिने कुरामा मेरो समर्थन पनि छैन्, संलग्नता पनि छैन् । रहने पनि छैन् ।’

आफ्नो सरकार हुदाँ बरु भुटानी शरणार्थीको दीर्घकालीन समस्या हल गर्ने विषयमा पहल गरेको बताएका छन् । भुटानी शरणार्थीलाई रोजगार तथा तेस्रो मुलुकमा लैजानको लागि सरकारमा छँदा पहल गरेपनि त्यो सफल नभएको बताएका छन् ।

उनी अर्घाखाँचीबाट पक्राउ पुर्जी जारी भएसँगै काठमाडौं आउन लागेका छन् । ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले उनलाई र उनका छोरालाई पक्राउ पुर्जी जारी गरेको हो ।

सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।
यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।