• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

संसदमा ताेसिमा कार्कीकाे गर्जन : भ्रष्ट्राचारी जाेगाउन शीर्ष नेता लागे (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ताेसिमा कार्कीले शीर्ष नेताले भ्रष्ट्राचारीकाे संरक्षण गरेकाे आराेप लगाएकी छन् ।

मंगलबार संसदमा बाेल्दै उनले प्रश्न गरिन् ‘याे सदन कानुन निर्माण गर्ने ठाउँ हाे कि एक भ्रष्ट्राचारीले अर्काे भ्रष्ट्राचारी लुकाउने स्थल हाे ?’ उनले देशका पूराना नेताहरुले अन्तर्राष्ट्रमा देशकाे बेइज्जत गरेकाे आराेप पनि लगाइन् ।

उनले तत्काल सबै सांसदकाे सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह पनि गरिन् ।

नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ । केही व्यक्तिहरू पक्राउ परेका छन् । केही सांसदहरू भागिरहनुभएको छ । केही सांसद जो नोटिसमा हुनुहुन्छ । जो सदनमा बोलिरहनुभएको छ ।’