काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका छन् ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच समसामहिक विषयमा छलफल भएको छ ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो ।
यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ ।
