दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन् ।

उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्ताे प्रतिक्रिया जनाएका हुन् ।

सञ्चार माध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैँमा अपाराधिक भएको बताए ।

उनले भनेका छन्, ‘उच्च राजनीतिक वा प्रशासनिक तहको कुनै व्यक्तिले त्यसाे गरेमा जनताप्रतिको गद्दारी, शहीदहरुको रगतको अपमान, संविधान, कानून र शासन प्रणालीको खिल्ली उडाउने अपराधिक कुकर्म ठहरिनेछ । इतिहासले माफी दिने छैन ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१