• २०८३ असार १०
  • 2026 June 24, Wednesday

नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी राजनीतिक संज्ञा दिन नसकने पार्टी बनेको बताएका छन् । बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा बोल्दै उनले कांग्रेस हावा न चावाको पार्टी भएको बताएका छन् ।

उनले भने ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको ! कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो।’

उनले एमाले सत्ता स्वार्थ, सरकार गठनका निम्ति कसैसँग नमिल्ने पनि बताए।

अहिलेको गठबन्धन उद्देश्य, गन्तव्यहीन भएको आरोप लगाउँदै उनले अहिले विकास–निर्माण नहुनु, अस्थिरता र अराजकताबाट गुज्रनुको कारण सत्ता गठबन्धन नै भएको बताए।