भाेलि संसद बैठकमा ओलीले आफ्ना विचार राख्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेबारे सांसदहरुलाई जानकारी गराएका हुन् ।

उनले भने– ‘मैले भोलि केही कुराहरु राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरु अलि बढी राजनीतिक कोणबाट पनि आउनेनै छन् ।’

उनले हिजो राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आएको बताउँदै यो पञ्चवर्षीय योजनाका रुपमा आउनुपर्नेमा जोड दिए ।

उनले अहिलेको सरकारले दिगो विकासको गन्तब्यमध्ये यो वर्ष के–के काम गर्ने यो वर्षको नीति तथा कार्यक्रममा आउनुपर्ने पनि बताए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७