भुटानी शरणार्थी प्रकरण रहस्यमय छ : अध्यक्ष भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भुटानी शरणार्थी प्रकरण रहस्यमय बनेको टिप्पणी गरेका छन् ।

शनिवार अर्थ –राजनीतिक आन्यौलता र बिकल्प विषयक अन्र्तक्रिया कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरण रहस्यमय रहेको भन्दै सही छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्ने बताएका हुन् ।

उनले भने‘भुटानी शरणार्थी प्रकरण रहस्यमय छ । यसको सहि छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्छ । त्यसको लागि हामी सबैले आवाज उठाउँनुपर्छ । साना माछा समातेर उम्कने गर्नु हुँदैन सहि छानबिन गर्नुपर्छ । अपराधीलाई कारवाही गरौं यो नै हाम्रो पार्टीको नीति हो यसमा दृढतापूर्वक लाग्छौं ।’

उनले नेपालको आर्थिक मन्दीको कारण आन्तरिक समस्या नै रहेको दाबी गरे । अहिले देशका धेरै सहकारीहरुमा विकृति आइरहेको पनि उनको भनाइ छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७