यो सरकारबाट मातृभूतिको सुरक्षाको अपेक्षा गर्न कठिन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश सम्बन्धलाई व्यक्तिगत अभीष्टमा सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

परराष्ट्र सम्बन्ध सञ्चालनमा सरकार हतास देखिएको भन्दै उनले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका हुन् ।

आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले भने ‘पियानो बजाउन दुबै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ र मिल्न पर्छ । तर दशै औलाले एक पटक पियानो थिच्यो भने त्यो कर्कस ध्वनी मात्र पैदा हुन्छ, संगीत पैदा गर्दैन । अहिले सरकारले एकै पटक दश औंला थिचे जस्तो विभत्स आवाज मात्र आएको छ ।’

यसले छिमेकी मित्र र विश्व समुदायलाई कूटनीतिक अपरिपक्वक्ताको परिचय दिएको भन्दै उनले यो नेपाल र नेपाली परिचय किमार्थ हुन नसक्ने समेत बताए ।

ओलीले यस्ता नीति तथा कार्यक्रममा फिर्ता लिन सरकारसँग आग्रह समेत गरेका छन् । अहिलेको नीति कार्यक्रममा देशको हित हुन सक्ने र कुनै योजना नभएकाले फिर्ता लिएर फेरि लेख्ने भए प्रतिपक्षी दलको साथ रहने उनको भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१