सगरमाथाको कीर्तिमानी आरोही हरि बुढामगरलाई एमालेकाे सम्मान (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गरेका हरि बुढामगरलाई सम्मान गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले बुढामगरलाई सम्मान गरेका हुन् ।

बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए । उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अंग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।

बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सवैको प्रेरणाको स्रोत भएको बताए । मानिसले साहस र संल्कप गर्‍याे भने असम्भव बिषय पनि सम्भव हुने उनले बताए ।

उनले सरोकार नै स्थानमा गएर काम गर्नुपर्ने र खुट्टा गुमाउनुपर्ने अवस्था रहेको भन्दै विदेशको सैनिकमा भर्ना भएका नेपालीहरुका बिषयमा सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्ने पनि बताए ।

त्यस्तै, कीर्तिमानी आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताए । उनले सगरमाथा आरोहणसंगै नेपाल र नेपालीको शीर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको धारणा राखे । अपांगता जागरणका लागि आगामी दिनमा काम गर्ने उनकाे भनाइ छ ।

बुढामगरले बाध्यताका कारण १५ बर्ष व्रिटिसको जागिर खानुपरेको भन्दै अब देशको सेवा गर्ने बताए । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७