• २०८३ असार १४
  • 2026 June 28, Sunday

महोत्तरीकाे एनएमबी बैंकमा लुटपाट

महोत्तरी । महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ।

मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए।

यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए।

बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।