• २०८३ असार १३
  • 2026 June 27, Saturday

रविन्द्र मिश्रलाई मनिस झाको प्रश्न : कुनै राजा राम्रो भयो भन्दै‌‌‌मा उसका सन्तान राम्रा हुन्छन ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिस झाले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा युवा संघ, नेपालले आयोजना गरेको कार्यक्रममा झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्र भनेको बेकार हो भन्दै राजाको बखान गरेकोप्रति कटाक्ष गरेका हुन् ।

झाले भने् ‘जो रविन्द्र मिश्रको बुवा हुनुहन्छ उहाँ एकदमै राम्रो पेटिङ्ग गर्नुहुन्छ, के रविन्द्र मिश्रले त्यो गर्न सक्नुहुन्छ ? सक्नुहुन्न । त्यसैले गर्दा एउटा राजा राम्रो थियो जुन कहिल्यै छँदै थिएन । कुनै पनि राजा राम्रो थिएनन् । राजा राम्रो थियो भन्दैमा उसका सन्तान राम्रा हुन्छन र राम्राे गर्छन भनेर हामी विश्वस्त हुन सक्दैनौं ।’

उनले संघियता, गणतन्त्र र लोकतन्त्रको विकल्प भनेकै त्यसको परिस्कृत र सुधारिएको अभ्यास भएको उल्लेख गरे ।